स्थापित र सिर्जनालाई उछिन्दै बालेन पहिलो नम्बरमा,कसले कति मत पाए ?

स्थापित र सिर्जनालाई उछिन्दै बालेन पहिलो नम्बरमा,कसले कति मत पाए ?

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । काठमाडौं महानगरपालिकामा मेयरमा स्वतन्त्रका बालेन शाह निरन्तर अगाडि देखिएका छन् ।

उनले पछिल्लो परिणाम अनुसार चार हजार चार सय ४५ मतगणना हुँदा १५७५ मत ल्याएर अग्रता बनाइरहेका छन् ।

दोस्रो स्थानमा रहेका एमालेका केशव स्थापितको ९८५ मत आएको छ । तेस्रो स्थानमा रहेकी कांग्रेसकी सिर्जना सिंहले ८२५ मत मात्रै ल्याएकी छिन् ।

मतगणनामा काठमाडौं १ र ३२ को गणना गरिएको छ । साथै, २, ३ र ४ को पनि गणना भइरहेको छ । ३२ वडामा धेरै मत ल्याएर अग्रता बनाएका बालेनले अरु वडाको मतगणना हुँदा पनि अग्रता बढाउँदै लगेका हुन् ।

राप्रपाका मदनदास श्रेष्ठको ९१ मत मात्रै आएको छ ।

Recent Comments

No comments to show.