सफलतापूर्वक निर्वाचन सम्पन्न भएकोमा प्रधानमन्त्री खुसी, दिए धन्यवाद

सफलतापूर्वक निर्वाचन सम्पन्न भएकोमा प्रधानमन्त्री खुसी, दिए धन्यवाद

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहको निर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा खुसी व्यक्त गरेका छन्। शुक्रबार देशभर भएको मतदान सकिएलगत्तै देउवाले एक विज्ञप्ती जारी गर्दै सम्पूर्ण मतदातालाई धन्यवाद दिएका छन्।

‘देशभर आज सम्पन्न स्थानीय तह निर्वाचनमा उत्साह पूर्वक सहभागि भएर निर्वाचनलाई सफलता पूर्वक सम्पन्न गराउनु भएकोमा सम्पूर्ण मतदाता दिदीबहिनी तथा दाजुभाईहरुमा हार्दिक धन्यवाद व्यक्त गर्दछु,’ देउवाले भनेका छन्।

यस्तै निर्वाचन सम्पन्न गराउन खटिएका निर्वाचन आयोग, राजनीतिक दललाई समेत देउवाले धन्यवाद दिएका छन्। ‘साथै निर्वाचनलाई सफलता पूर्वक सम्पन्न गर्न अहोरात्र खटिनु भएका निर्वाचन आयोग, राष्ट्र सेवक कर्मचारीहरु, सुरक्षा निकायहरु, राजनीतिक दलहरु, पत्रकारहरु, राष्ट्रिय तथा अन्तराष्ट्रिय पर्यवक्षक लगायत सबैलाई हार्दिक धन्यवाद दिन चाहान्छु,’ उनले भनेका छन्।

Recent Comments

No comments to show.