मतदाता नामावलीमा नाम भएकाले परिचय खुल्ने कागजात देखाएर भोट हाल्न पाउने

मतदाता नामावलीमा नाम भएकाले परिचय खुल्ने कागजात देखाएर भोट हाल्न पाउने

Actpro

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  मतदाता परिचयपत्र नभएर भोट हाल्नबाट बञ्चित हुनु भएको छ ? चिन्ता नलिनुस् । स्थानीय तहको चुनावमा मतदाता परिचय पत्र लिन नपाएकाका लागि परिचय खुल्ने कागजात देखाएर भोट हाल्न पाउने भएका छन् ।

स्थानीय तहको चुनावका लागि तयार पारिएको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले कुनै कारणवशः मतदाता परिचयपत्र प्राप्त गर्न नसकेमा वा प्राप्त गरेका मतदाताले परिचयपत्र हराएमा वा नष्ट भएमा मताधिकार सुनिश्चित गर्न आयोगले यस्तो निर्णय लिएको हो ।

आयोगका अनुसार फोटोसहितको मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले मतदाता परिचयपत्रका अतिरिक्त नेपाली नागरिकताको प्रमाणपत्र वा निर्वाचन आयोगबाट जारी गरिएको मतदाता परिचयपत्रका आधारमा पनि मतदान गर्न पाउनेछन् ।

यस्तै राहदानी, सवारीचालक अनुमतिपत्र (लाइसेन्स), जग्गाधनी प्रमाणपत्र वा सरकारी निकायबाट फोटोसहित जारी भएको परिचयपत्र देखाएर पनि मतदान गर्न पाइनेछ ।

यसैबीच आयोगले वैशाख २८ र २९ गते मतदानस्थलमै मतदाता शिक्षा दिने तयारी गरेको छ । वैशाख ३० गते एकै चरणमा पालिका चुनाव हुँदैछ ।

Recent Comments

No comments to show.