कुखुराको मासुको खपत दुई वर्ष यताकै उच्च, माग धान्नै मुस्किल

कुखुराको मासुको खपत दुई वर्ष यताकै उच्च, माग धान्नै मुस्किल

Actpro

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । बजारमा कुखुराको मासुको खपत ह्वात्तै बढेको छ । विहेको सिजनसँगै चुनावी गतिविधि बढ्दा मासुको खपत बढेको हो ।

राष्ट्रिय कुखुरा व्यवसायी संघका अनुसार सामान्य समयमा दैनिक ५ लाख केजी कुखुराको मासुको खपत हुने गरेकोमा अहिले बढेर ८ लाख केजी पुगेको छ । पछिल्लो समय दैनिक करिब ३ लाख केजी थप मासु खपत हुन थालेको हो ।

स्थानीय चुनाव नजिकिएसँगै राजनीतिक दलहरूले प्रचारप्रसार, आमसभा, भेला गरिरहेका छन् । ती कार्यक्रममा परिचालन गरिएका कार्यकर्तालाई खुवाउन मासुको माग बढेको बताइएको छ । साथै, विहे, ब्रतबन्धको सिजन भएकाले पनि मासुको माग बढेको हो ।

यतिबेला दैनिक देशभर करिब ८ लाख केजीभन्दा बढी कुखुराको मासुको माग रहेको राष्ट्रिय कुखुरा व्यवसाय संघले जनाएको छ।

केहीसमय देखि कुखुराको मासुको खपत दैनिक करिब साढे पाँच लाख केजी थियो । बैशाख लागेपछि कुखुराको मासुको खपत थप साढे दुई लाख केजी भन्दा बढी हुन थालेको राष्ट्रिय कुखुरा व्यवसाय संघका अध्यक्ष जंगबहादुर बीसीले बताए ।

‘हाल उपत्यकामा मात्र करिब ५ लाख केजी मासुको माग छ। उपत्यकाबाहिर करिब २ लाख ५० हजार केजी मासुको माग रहेको छ।’-उनले भने ।

गत वर्ष सोही अवधिमा कुखुराको मासुको माग ४ देखि ५ लाख केजी थियो । कोभिडका कारण उत्पादन कम हुनका साथै मासुको माग समेत घटेको थियो। सो समयमा उपत्यकामा दैनिक २ लाख केजी र बाहिरका जिल्लामा एक लाख ५० हजार केजी मासुको खपत भएको तथ्यांकले देखाएको छ।

पहिलेको तुलनामा कुखुराको मासुको खपत ७० प्रतिशतसम्म बढेको अध्यक्ष बीसीले जानकारी दिए।

वैशाख लागेपछि मासुको खपत बढेको हो। बिहेको सिजन र विभिन्न संघसस्थाहरुको कार्यक्रमहरु धेरै भएकाले मासुको माग बढेको अध्यक्ष बीसीको भनाइ छ। उनका अनुसार लामो समयपछि बजारमा मासुको खपतमा सुधार आएको छ।

Recent Comments

No comments to show.