निमावि शिक्षकको नतिजा सार्वजनिक, २१ हजार उत्तीर्ण

निमावि शिक्षकको नतिजा सार्वजनिक, २१ हजार उत्तीर्ण

Actpro

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं  । शिक्षक सेवा आयोगले निम्न माध्यमिक तह तृतीय श्रेणी शिक्षक पदको खुला प्रतियोगिता अन्तर्गत लिखित परीक्षाको नतिजा प्रकाशित गरेको छ।

परीक्षामा २० हजार ९ सय ८२ जना उत्तीर्ण भएका आयोगले जनाएको छ। प्रदेश १ बाट १९ हजार २० परीक्षामा सहभागी भएकामा ५ हजार १ सय ८२ जना उत्तीर्ण भएका छन्।

त्यसैगरी मधेस प्रदेशबाट सहभागी पाँच हजार ८ सय ५३ जनामध्येबाट १ हजार ११ जना उत्तीर्ण भएका छन्।

बागमती प्रदेशबाट परीक्षामा सहभागी ११ हजार ५ सय २६ मध्येबाट ३ हजार ५ सय ७७ जना उत्तीर्ण भएका आयोगले जनाएको छ।

त्यस्तै गण्डकी प्रदेशबाट १४ हजार दुई सय ६ सहभागीमध्ये ४ हजार ३ सय ४१ जना उत्तीर्ण भएका छन् भने कर्णालीमा ४ हजार ७ सय ८८ ले परीक्षा दिएकोमा १ हजार ६९ जना उत्तीर्ण भएका छन्।

लुम्बिनी प्रदेशबाट परीक्षामा सहभागी ११ हजार ८ सय ४४ मध्येबाट ३ हजार ३ सय ६१ जना उत्तीर्ण भएका छन् भने सुदूरपश्चिम प्रदेशबाट परीक्षामा सहभागी ६ हजार ६ सय ६९ मध्येबाट दुई हजार ४ सय ४१ जना उत्तीर्ण भएका आयोगले जनाएको छ।

लिखितमा उत्तीर्ण भएकाहरूको विषयगत परीक्षा असार ११ गते हुने आयोगले जनाएको छ। आयोगले २०७८ चैत १७ गते परीक्षा लिएका थियो।

परीक्षाको नतिजामा चित्त नबुझेमा पुनर्योगको लागि आगामी जेठ २ गतेभित्र शिक्षक सेवा आयोग सानोठिमी वा परीक्षा दिएकै प्रदेश राजधानी रहेको शिक्षा विकास तथा समन्वय इकाइमा निवेदन दिन सकिने आयोगले जनाएको छ।

Recent Comments

No comments to show.