काठमाडौं । शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ ।
साताको कारोबारको पहिलोदिन ९५ अंकले बढेको शेयर बजार मापक सूचक (नेप्से) सोमबार ३६.९४ अंकले घटेर २३८४.९० विन्दुमा झरेको हो ।
नेपाल स्टक एक्सचेन्जका अनुसार सोमवार २३९ कम्पनीको २ अर्ब ४ करोड २२ लाख ५३ हजार १८२ रुपैयाँ बराबरको ५० लाख ४७ हजार ७६९ कित्ता शेयर किनबेच भएका छन् ।
अघिल्लो दिनको तुलनामा कारोबार रकममा भारी गिरावट आएको छ । आइतवार २ अर्ब ५३ करोड १२ लाख ७५ हजार ५९२ रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज कारोबारमा आएका १३ समूहको परिसूचक मध्ये २ हरियो भएको छ । भने ११ वटा घटेको छ ।
प्रतिक्रिया