काठमाडौं । नेपाली कांग्रेसले रूकुम पश्चिमको मुसीकोट नगरपालिकाको मेयरका लागि मेहन्द्र केसी र उपमेयरमा निर्मला आचार्यलाई उम्मेदवार बनाएकाे छ ।
जिल्लाबाट मेयरमा केसीसहित सुरतजंग मल्ल, कालुराम खड्का, यज्ञबहादुर बिष्ट, गोरखबहादुर खत्री, काशिराम खड्का, प्रेमबहादुर ओली, टेकबहादुर पुन, शिवराम खत्री र उपमेयरमा आचार्यसहित बालकुमारी गिरी, कल्पणा बस्याल, कमला केसी, गोमा नेपाली र मनकुमारी केसीको नाम सिफारिस गरिएकाे थियाे ।
आइतबार बसेको कांग्रेस कर्णाली प्रदेश संसदीय समितिको बैठकले मेयरमा केसी र उपमेयरमा आचार्यलाई उम्मेदवार बनाउने निर्णय गरेको कांग्रेसका जिल्ला सभापति प्रेमप्रकाश ओलीले जानकारी दिए ।
केसी २०७४ काे स्थानीय निर्वाचनमा पनि कांग्रेसबाट मुसिकोट नगरपालिकालको मेयरमा चुनाव लडेका थिए । उक्त चुनावमा उनले नेकपा माओवादी केन्द्रका उम्मेदवारसँग १ सय ७४ मतले पराजित भएका थिए । आचार्य भने पहिलाेपटक उपमेयर उम्मेदवार बनेकी हुन्।
प्रतिक्रिया