काठमाडौं महानगरको मेयरमा कांग्रेसबाट सिर्जना सिंह उम्मेदवार

काठमाडौं महानगरको मेयरमा कांग्रेसबाट सिर्जना सिंह उम्मेदवार

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं  । नेपाली कांग्रेसले काठमाडौं महानगरपालिकाको मेयरमा सिर्जना सिंहलाई उमेदवार बनाउने निर्णय गरेको छ । सिंहले दिउँसो उमेदवारी दर्ता गराउने छिन् ।  

कांग्रेस केन्द्रीय सम्पादन समिति र संसदीय बोर्डले आइतबार सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई महानगर र उपमहानगरको उम्मेदवाट टुंगो लगाउने जिम्मा दिएको थियो।

दिउँसो शान्तिबाटीकामा भेला भएर उमेदवारी दर्ता गराउन जाने काठमाडौं कांग्रेसले जनाएको छ । आज साँझ ५ बजेसम्म उमेदवारी मनोनयन दर्ताको समय तोकिएको छ । 

सिंह कांग्रेस नेता प्रकाशमान सिंहकी पत्नी हुन् । सत्ता गठबन्धनले काठमाडौंको मेयर कांग्रेसलाई भाग लगाएको छ।

Recent Comments

No comments to show.