काठमाडाैं । जनता समाजवादी पार्टी, नेपाल (जसपा) ले स्थानीय तह निर्वाचन–२०७९ को घोषणा पत्र सार्वजनिक गरेको छ ।
आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा पार्टीका शीर्ष नेताहरूले सामूहिक रूपमा घोषणा पत्र सार्वजनिक गरेका हुन् ।
पार्टीका संघीय अध्यक्ष उपेन्द्र यादव, संघीय परिषद् अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई, वरिष्ठ नेता अशोककुमार राई लगायतका नेताहरूले घोषणा पत्र सार्वजनिक गरेका हुन् ।
कार्यक्रममा राजेन्द्र श्रेष्ठ, महेन्द्र राय यादव, हिसिला यमी लगायतका नेताहरू सहभागी थिए ।
जसपाले ‘पहिचान, संघीयता, सुशासन र सदाचार स्थानीय सरकार समृद्धिको मूल आधार’ भन्ने मूल नाराका साथ घोषणा पत्र तयार गरेको छ ।
नाराहरू
– गाउँ-गाउँ शहर-शहर जाऔँ
जसपा, नेपाललाई जिताऔँ
स्थानीय तहलाई भ्रष्टाचार मुक्त बनाऔँ
विकास र समृद्धिको अभियान अघि बढाऔँ
– पहिचान, संघीयता, सुशासन र सदाचार
स्थानीय सरकार समृद्धिको मूल आधार
– जनता समाजवादी पार्टीको मूल मन्त्र
समानुपातिक, सहभागितामुलक, समावेशी लोकतन्त्र
– समावेशी नेतृत्व समृद्ध देश
जसपाले जोड्छ हिमाल, पहाड मधेश
– समावेशी लोकतन्त्र सबैको विकास
जसपाले दिन्छ देशलाई निकास
– संघीयता, समावेशीता र पहिचान
समृद्धिका लागि छातामा मतदान
– समुन्नत संघीय समाजवाद हाम्रो संकल्प
जनता समाजवादी पार्टी आजको विकल्प
– संघीयता, सुशासन, समृद्धि र पहिचान
जसपाको चुनाव चिन्ह छातामा मतदान
प्रतिक्रिया