काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य तोलामा ५ सय रूपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख २ हजार ५ सय रूपैयाँ कायम भएको छ । सोमबार छापावाल सुन स्थिर रहेर प्रतितोला १ लाख २ हजार रूपैयामा कारोबार भएको थियो ।
त्यस्तै, यसदिन तेपावी सुन प्रतितोला १ लाख २ हजार रूपैयाँ निर्धारण भएको छ ।
महासंघका अनुसार आज चाँदी तोलामा ५ रूपैयाँले बढेर प्रतितोला १ हजार ४२० रूपैयाँमा कारोबार भइरहेको छ । सोमबार चाँदी प्रतितोला १ हजार ४१५ रूपैयाँमा कारोबार भएको थियो ।
प्रतिक्रिया