स्थानीय निर्वाचनमा पार्टीको तयारीबारे प्रचण्डले आज धारणा सार्वजनिक गर्ने

स्थानीय निर्वाचनमा पार्टीको तयारीबारे प्रचण्डले आज धारणा सार्वजनिक गर्ने

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले  स्थानीय निर्वाचनबारे पार्टीको धारणा सार्वजनिक गर्ने भएका छन् । सोमबार पत्रकार सम्मेलन गरेर स्थानीय निर्वाचनमा पार्टीकाे तयारीलगायत विषयमा प्रचण्डले धारणा सार्वजनिक गर्ने पार्टी केन्द्रीय कार्यालय सचिव श्रीराम ढकाल बताए ।

पत्रकार सम्मेलन दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा हुनेछ । उम्मेदवारी दर्ता गर्ने दिन ६ दिन छँदा प्रचण्डले पत्रकार सम्मेलन गर्न लागेका हुन् । गठबन्धन दलहरू आजै महानगर र उपमहानगरमा तालमेल टुंगाे लगाउने तयारी छन् । त्यसका लागि बैठक केहीबेरमा बस्दै छ ।

तर, आ-आफ्नै दाबीबाट दलहरू पछि हटेका छैनन् । जसले गर्दा महानगर र उपमहानगरको बाँडफाँट नै टुंगाे लगाउन मुस्किल परेको छ । 

Recent Comments

No comments to show.