म्याग्दीमा उम्मेदवार छनोटमा गठबन्धनलाई सकस, एकल उम्मेदवारी घोषणा

म्याग्दीमा उम्मेदवार छनोटमा गठबन्धनलाई सकस, एकल उम्मेदवारी घोषणा

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल टेलिकमले सबै सेवा प्रदायकको नेटवर्कमा असीमित कुराकानी गर्न मिल्ने ‘अल टाइम अल नेट भ्वाइस प्याक’ सहितको स्प्रिङ अफर ल्याएको छ ।

यस योजना अन्तर्गत सबै सेवा प्रदायकको नेटवर्कमा असीमित कुराकानी, अल टाइम अल नेट भ्वाइस प्याक रहेको टेलिकमले जनाएको छ। स्प्रिङ अफर बैशाख ५ देखि उपलब्ध हुनेछ ।

यसमा टेलिकमले ५ सय ९९ देखि १४ सय ९९ सम्मका सजिलो अनलिमिटेड पोस्ट पेड र प्रिपेड प्याकहरू समावेश गरेको छ ।

अबदेखि ९ सय ९९ र १४ सय ९९ का प्याकमार्फत कम्पनीभित्रको नेटवर्कमा असीमित कुराकानी गर्न सकिने कम्पनीले जनाएको छ।

साथै अन्य सेवा प्रदायकको नेटवर्कमा पनि असीमित कुराकानी गर्न सकिने छ । यी प्याकमा क्रमशः प्रतिदिन २ जीबी र ४ जीबी डाटा तथा प्याक अवधिमा ४ सय वटा र १ हजार वटा अल नेट सन्देश पठाउन सकिने सुविधा उपलब्ध छ ।

स्प्रिङ अफर अन्तर्गत ग्राहकहरुको माग अनुरुप कम्पनीको सेवाबाट अन्य सेवा प्रदायकको नेटवर्कमा न्यूनतम महशुलमा कुराकानी गर्न सकिने अल नेट भ्वाइस प्याक उपलब्ध गराइएको कम्पनीले जनाएको छ।

सेवाग्राहीको चाहनालाई ध्यानमा राख्दै कम्पनीले उपलब्ध गराइरहेका विभिन्न प्रकारका सजिलो अनलिमिटेड पोस्ट पेड प्याक, सजिलो अनलिमिटेड प्रिपेड प्याक र सस्तो कम्बो प्याकहरूलाई अझै ग्राहकमैत्री र आकर्षक बनाइएका छन् । ग्राहकहरुको रुचि अनुसारका केही प्याकहरूको मूल्य अझै कम गरिएको टेलिकमले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

कम्पनीका नेटवर्कबाट कुनैपनि नेटवर्कमा ५ सय मिनेटसम्म कुराकानी गर्न सकिने २८ दिनको प्याक २ सय ६५ रूपैयाँमा १२ सय मिनेटसम्म कुराकानी गर्न सकिने त्यस्तै ३५ दिनको प्याक ५ सय ५० मा उपलब्ध हुनेछ ।

यी बाहेक कम्पनीको नेटवर्कमा र अन्य नेटवर्कमा समेत कुराकानी गर्न सकिने विभिन्न प्याकहरू उपलब्ध हुनेछन् । स्प्रिङ अफर अन्तर्गतका विभिन्न प्याकेज प्राप्त गर्नका लागि ग्राहकले *१४१५# डायल गर्नुपर्ने छ ।

कम्पनीको ‘नेपाल टेलिकम’ एपबाट पनि यस सम्बन्धी जानकारी लिन तथा सेवा खरिद गर्न सकिन्छ । त्यसैगरी कम्पनीको वेबसाइट मार्फत यस अफर सम्बन्धी विस्तृत जानकारी प्राप्त गर्न र सेवा खरिद गर्न सकिन्छ ।

Recent Comments

No comments to show.