एमाले अध्यक्ष ओली आज हुम्ला जाँदै

एमाले अध्यक्ष ओली आज हुम्ला जाँदै

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सिमकोट । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज हुम्ला जाने भएका छन्। उनी हुम्लाका दुई स्थानमा हुने आमसभालाई सम्बोधन गर्न त्यसतर्फ जान लागेका हुन्।

आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन लक्षित प्रचार र पार्टीको जिल्लाको अवस्था बुझ्न अध्यक्ष ओली हुम्ला आउन लागेको नेकपा एमाले जिल्ला पार्टी सचिव तीर्थराज बोहराले बताए।

बिहान ११ बजे हेलिकोप्टरबाट हुम्ला पुगे लगत्तै अध्यक्ष ओली पहिले उत्तरी नाम्खा गाउँपालिकाको लिमि भ्यालीमा पुग्ने र लिमि क्षेत्रको अवलोकन गर्ने कार्यक्रम रहेको छ।

लिमीका बासिन्दासँग भेटेपछि नेपाल र चीनको सिमाना नाम्खा गाउँपालिकाको लिमीमा रहेको लोलुङजोङको हवाई अवलोकन गरेपछि अध्यक्ष ओलीले हुम्ला सदरमुकाम सिमकोटमा आयोजना हुने आमसभालाई सम्बोधन गर्ने छन्।

ओलीले जिल्ला दक्षिण भेगमा रहेको अदानचुली गाउँपालिकाको श्रीनगरमा हुने सभालाई पनि सम्बोधन गर्नेछन्।

Recent Comments

No comments to show.