काठमाडौंको मेयरमा उठ्न लागेकी सुनिता डंगोलको यस्तो छ घोषणापत्र

काठमाडौंको मेयरमा उठ्न लागेकी सुनिता डंगोलको यस्तो छ घोषणापत्र

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं। आसन्न स्थानीय तहको निर्वाचनका लागि काठमाडौं महानगरपालिकाको मेयरकी उम्मेदवार सुनिता डंगोलले घोषणापत्र सार्वजनिक गरेकी छन्।

शुक्रबार डंगोलले ८ खम्बे विकासको मोडलसहित ९ पुष्ठ लामो चुनावी घोषणापत्र सार्वजनिक गरेकी हुन्।

उक्त घोषणापत्रमा डंगोलले अल्पकालीनदेखि मध्यकालीन र दीर्घकालीन योजना उल्लेख गरेकी छन्।

स्वच्छ वातावरण, यातायात व्यवस्थापन, राजधानीका रूपमा पूर्वाधार विकास, सांस्कृतिक नगर, सामाजिक विकास, डिजिटल काठमाडौं, युवा, खेलकुद, रोजगारी तथा उद्यमशीलता र रिसर्च एन्ड डेभलपमेन्टलाई उनले आठ खम्बे विकास मोडलको रूपमा अघि सारेकी छन् ।

जसअनुसार उनले अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजनाहरूलाई अघि सारेकी हुन् । जुन योजनाअनुसार काम गर्दा काठमाण्डुलाई साँच्चिकै सुन्दर, जीवन्त, सांस्कृतिक र व्यवस्थित महानगर बनाउन सकिने उनको दाबी छ ।


Recent Comments

No comments to show.