सीवाइसी नेपाल लघुवित्तको आइपीओ आईपीओ बिक्री खुला,कति कित्ता भर्ने ?

सीवाइसी नेपाल लघुवित्तको आइपीओ आईपीओ बिक्री खुला,कति कित्ता भर्ने ?

Actpro

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं  ।  सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको धितोपत्रको प्राथमिक शेयर  (आइपीओ) बिक्री आजबाट खुला भएको छ।

लघुवित्तले हाल कायम चुक्ता पूँजीको ३ करोड ९५ लाख ३३ हजार ६ सय रुपैयाँ बराबरको आइपीओ निष्काशन तथा बिक्री खुला गरेको हो।

लघुवित्तले सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँअंकित मूल्यमा तीन करोड ९५ लाख ३३ हजार ६०० रुपैयाँबराबरको दुई लाख ३६ हजार २५० कित्ता साधारण शेयर निष्कासनमा ल्याएको हो।

निष्कासन गरिएको कुल शेयरमध्ये ०।५ प्रतिशत अर्थात् ६ हजार हजार ८२ कित्ता सेयर लघुवित्तका कर्मचारीहरूका लागि सुरक्षित गरिएको छ । ५ प्रतिशत अर्थात् १९ हजार ७६६ कित्ता शेयर सामुहिक लगानी कोषहरूलाई बाँडफाँड गरिएको छ । सर्वसाधारण लगानीकर्ताले बाँकी रहेको तीन लाख ६९ हजार ४८८ कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन्।

कम्पनीको आइपीओमा छिटोमा वैशाख ६ गते र ढिलोमा वैशाख १६  गतेसम्म आवेदन दिन  सकिनेछ । न्यूनतम १० र अधिकतम एक हजार कित्ताका लागि आवेदन दिन सकिनेछ । नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त सम्पूर्ण सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सकिनेछ।

लघुवित्तको आइपीओ निष्काशन तथा बिक्री प्रवन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । इच्छुक आवेदकले सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरोशेयर वेबसाइट तथा एप मार्फत आवेदन दिन सक्नेछन्।

कम्पनीको आईपीओ निष्कासनका लागि धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल रहेको छ।

कम्पनीले आईपीओ निष्कासनका लागि गराएको रेटिङमा लघुवित्तलाई केयर रेटिङ नेपालले ‘केयर एनपी डबल बी माइनस’ इस्युअर रेटिङ प्रदान गरेको छ।

आइपीओमा माग भन्दा धेरै आवेदन पर्ने हुनाले १० कित्ताको आवेदन नै उपयुक्त हुनेछ।

Recent Comments

No comments to show.