२८ ट्राफिक प्रहरी अधिकृतलाई दर्ज्यानी चिन्ह प्रदान

२८ ट्राफिक प्रहरी अधिकृतलाई दर्ज्यानी चिन्ह प्रदान

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । काठमाडौं उपत्यकाका २८ ट्राफिक प्रहरीहरुलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय तथा अन्तर्गतमा रहेका ट्राफिक प्रहरी कार्यालयमा कार्यरत प्रहरी नायव निरीक्षकबाट प्रहरी बरिष्ठ नायव निरीक्षक पदमा पदोन्नति भएको २८ जना प्रहरी अधिकृतहरुलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको हो।

उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथमा शुक्रबार आयोजित कार्यक्रमकाबीच पदोन्नती भएका प्रहरी कर्मचारीहरुलाई कार्यालयका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक उमेश राज जोशीले दर्ज्यानी चिन्ह प्रदान गरेको प्रहरीले जनाएको छ।

एसएसपी जोशीले पदोन्नति भएका प्रहरी अधिकृतहरूलाई बधाई दिँदै पदोन्नतिसँगै थपिएको जिम्मेवारी पुरा गर्न पूर्ण व्यवसायिक भई इमान्दारिताका साथ कार्यक्षेत्रमा कृयाशिल रहनुपर्ने बताए।

Recent Comments

No comments to show.