आफूलाई सहयोग नगर्ने मुलुकका नागरिकलाई रुसले भिसा नदिने

आफूलाई सहयोग नगर्ने मुलुकका नागरिकलाई रुसले भिसा नदिने

Actpro

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । रूसले मस्कोका नजरमा ‘मैत्रीपूर्ण’ ठहर नभएका मुलुकहरूका नागरिकलाई भिसा जारी नगर्ने आदेशपत्रमा हस्ताक्षर गरेको छ। युक्रेनमा आक्रमण गरेको निहुँमा रूसमाथि अमेरिका, क्यानाडा र बेलायतलगायत युरोपेली मुलुकहरूले आर्थिक प्रतिबन्ध लगाएको प्रत्युत्तरमा रूसले उक्त कदम चालेको हो।

उक्त आदेशपत्र सोमवारदेखि नै लागू भएको छ। आदेशपत्रअनुसार रूसले नर्वे, स्विट्जरल्यान्ड, डेनमार्क र आइसल्यान्डलगायत केही युरोपेली राष्ट्रका नागरिकलाई भिसा जारी नगर्ने भएको छ। साथै‚ यस आदेशपत्रले रूसी विदेश मन्त्रालयलाई रूसविरुद्ध शत्रुतापूर्ण व्यवहार गर्ने विदेशी व्यक्ति विशेष तथा त्यस्ता मुलुकका कानुनी निकायहरूलाई रूस प्रवेश गर्नबाट रोक्न निर्देशन दिएको समारचार संस्था रोयर्टसले उल्लेख गरेको छ।

गत महिना रूसी सरकारले मैत्रीपर्णू नरहेका मुलुकहरूको सूची सार्वजनिक गरेको थियो। त्यसमा अमेरिका, क्यानडा, बेलायत, युरोपेली संघका मुलुकहरू र युक्रेन लगायतका राष्ट्र रहेका थिए। रूसले २४ फ्रेब्रुअरीदेखि युक्रेनमा आक्रमण गरिरहेको छ।

Recent Comments

No comments to show.