काठमाडौं । विश्वभर हरेक वर्ष १२ करोडभन्दा बढी महिला गर्भवती हुन्छन् । जसमध्ये आधा महिलाले बाध्यकारी रुपमै गर्भधारणा गरिरहेको भेटिएको छ । संयुक्त राष्ट्र संघीय जनसंख्या कोषको विश्व जनसंख्या प्रतिवेदन–२०२२ अनुसार गरिब र अल्पविकसित मुलुकमा त्यस्तो संख्या बढिरहेको छ ।
अझ डरलाग्दो विषय, इच्छा विपरित गर्भधारण गर्ने महिलामध्ये ६० प्रतिशतले गर्भपतन गराउन बाध्य छन् । रिपोर्टअनुसार जसमध्ये ४५ प्रतिशत महिला असुरक्षित रुपमा गर्भपतन गराईरहेका छन् । असुरक्षित गर्भपतनका कारण ५ देखि १३ प्रतिशत महिलाको मृत्यु पनि भइरहेको छ ।
युएन जनसङ्ख्या कोषका कार्यकारी निर्देशक डा नतालिया केनेमका अनुसार अनिच्छित गर्भधारणका यी तथ्याङ्कहरूले महिला र बालिकाहरूको आधारभूत अधिकारप्रति सम्पूर्ण विश्व असफल भएको प्रतिबिम्बित गर्दछ । प्रतिवेदनअनुसार सन् १९९० देखि २०१९ को बीचमा प्रति हजार महिलामा अनिच्छित गर्भधारणको संख्या ७९ बाट ६४ मा झरेको छ ।
रिपोर्टका अनुसार ६४ देशका महिलामाथि यो अध्ययन गरिएको थियो । जसमध्ये ४७ देशका ४० प्रतिशत महिलाले गर्भनिरोधक साधन प्रयोग गर्दैनन्। जम्मा २३ प्रतिशत महिलाले नचाहे पनि यौनसम्पर्कलाई अस्वीकार गर्न सक्दैनन् र ८ प्रतिशतले गर्भनिरोधक उपायबारे निर्णय गर्न सक्दैनन्।
प्रतिक्रिया