पन्त, धानुक र सिंहलाई एआईजीमा बढुवा गर्ने सरकारको निर्णय

पन्त, धानुक र सिंहलाई एआईजीमा बढुवा गर्ने सरकारको निर्णय

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  सरकारले नेपाल प्रहरीका तीनजना डीआईजीलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको छ ।

विहीवार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले डीआईजीहरू वसन्त पन्त, रवीन्द्र धानुक र धीरजप्रताप सिंहलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको हो ।

गृह मन्त्रालयले गठन गरेको बढुवा समितिले १ चैतमा डीआईजीहरु पन्त, धानुक र सिंहलाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको थियो । 

तर, वरिष्ठता र कार्यक्षमताको आधारमा बढुवा सिफारिस नभएको भन्दै डीआईजी ईश्वरबाबु कार्कीले लोकसेवा आयोगमा उजुरी दिएपछी उनिहरुको बढुवा रोकिएको थियो ।

उक्त सिफारिसप्रति नेपाल प्रहरीभित्र असन्तुष्टि छाएको थियो । प्रहरी महानिरीक्षक शैलेश थापा समेत त्यसमा असन्तुष्ट छन् । वरियतामा अघि रहेका कार्कीसहित बसन्त लामा र उत्तम सुवेदीलाई छोडेर पन्त, धानुक र सिंहलाई एआईजी बढुवाका लागि सिफारिस गरिएको थियो ।

लोकसेवाले गृह मन्त्रालयले नै गरेको सिफारिसलाई बुधबार सदर गरेपछी सरकारलाई बढुवाका लागि बाटो खुलेको हो ।

यस्तै, गोरखापत्र दैनिकको महाप्रबन्धकमा लाल ऐरीलाई नियुक्त गर्ने निर्णय गरिएको एक मन्त्रीले जनाकारी दिए ।

Recent Comments

No comments to show.