मिर्गौला, क्यान्सर र पक्षाघात भएका बिरामीले मासिक पाँच हजार उपचार खर्च पाउने

मिर्गौला, क्यान्सर र पक्षाघात भएका बिरामीले मासिक पाँच हजार उपचार खर्च पाउने

Actpro

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । मिर्गौला, क्यान्सर र मेरुदण्डको पक्षाघात भएका बिरामीले मासिक पाँच हजार रुपैयाँको दरले उपचार खर्च पाउने भएका छन्।

सरकारले गत भदौमा ल्याएको बजेट अध्यादेशको प्रतिस्थापन विधेयकमा उल्लिखित कार्यक्रमको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कार्यविधि बनाएर कार्यान्वयन गर्ने भएपछि बिरामीहरूले उपचार खर्च पाउने भएका हुन्।

मन्त्रालयले तयार पारेको ‘मिर्गौला प्रत्यारोपण गरेका, डायलाइसिस गरिरहेका, क्यान्सर रोगी र मेरुदण्ड पक्षाघातका बिरामीलाई औषधि उपचार बापत खर्च उपलब्ध गराउने कार्यविधि – २०७८’ स्वास्थ्य मन्त्री विरोध खतिवडाले १३ चैतमा स्वीकृत गरेका थिए। मन्त्रालयले यो कार्यक्रमका लागि १ अर्ब ४५ करोड रुपैयाँ विपन्न उपचार कोषमा रहेको रकम रकमान्तर गरी छुट्याएको छ।

कसले पाउँछन्  उपचार खर्च?
कार्यविधिको दफा २ (ख) मा मिर्गौला प्रत्यारोपण गराएका, डायलाइसिस गराइरहेका र क्यान्सर रोग पहिचान भई उपचारपछि निको भइसकेका बाहेकका चिकित्सकले तीन-तीन महीनाभित्र निरन्तर निगरानी क्लोज फलोअप राखेका व्यक्तिले यो सुविधा पाउनेछन्।

त्यसै गरी मेरुदण्ड पक्षाघात भएका (रातो र नीलो अपाङ्ग परिचयपत्रवाहक) व्यक्तिले पनि औषधि उपचार खर्च पाउनेछन्। सरकारले तोकेको मासिक पाँच हजार रुपेयाँका दरले तीन-तीन महीनाको अन्तिम दिन स्थानीय तहले लाभग्राहीको ब्याङ्क खातामा रकम जम्मा गरिदिने उक्त कार्यविधिमा उल्लेख छ।

तर, नेपाल सरकार वा नेपाल सरकारको पूर्ण वा अधिकांश स्वामित्व भएको संस्था वा संगठनबाट रोजगारी निवृत्तिभरण वा विदेशी सरकारबाट रोजगारी पेन्सन प्राप्त गरिरहेको व्यक्तिले यस निर्देशिका बमोजिम मासिक उपचार खर्च पाउनेछैनन्।

यस्तै, सरकारबाट उपलब्ध ज्येष्ठ नागरिक भत्ता, एकल महिला भत्ता, दलित भत्ता, पिछडिएको भत्ता, अपाङ्ग भत्ता पाउनेले सो भत्ता वा उपचार खर्चमध्ये एक रोज्नुपर्नेछ। एकभन्दा बढी रोग लागेकाहरूले पनि दोहोरो भत्ता पाउनेछैनन्।

Recent Comments

No comments to show.