काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य तोलामा ४ सयले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९८ हजार ८ सय रूपैयाँ कायम भएको छ । मंगलबार छापावल सुन प्रतितोला ९९ हजार २ सय रूपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, यसदिन तेजावी सुन प्रतितोला ९८ हजार ३ सय रूपैयाँ निर्धारण भएको छ ।
महासंघका अनुसार आज चाँदी तोलामा १० रूपैयाँले घटेर प्रतितोला १ हजार ३६० रूपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदी प्रतितोला १ हजार ३७० रूपैयाँमा कारोबार भएको थियो ।
प्रतिक्रिया