प्रधानमन्त्री देउवाले आज बिम्सटेकमा भर्चुअल सम्बोधन गर्ने

प्रधानमन्त्री देउवाले आज बिम्सटेकमा भर्चुअल सम्बोधन गर्ने

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आज बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको प्रयास (बिम्सटेक) सम्मेलनमा सम्बोधन गर्ने भएका छन्।

प्रधानमन्त्री देउवाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट बिहान ९ बजे भर्चुअल रूपमा सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

आजबाट सुरु हुने बिम्सटेकमा सहभागी हुन परराष्ट्रमन्त्री नारायण खड्का यसअघि नै श्रीलंका पुगिसकेका छन्। 

बिम्सटेकमा नेपालसहित भारत, श्रीलंका बंगलादेश, भुटान, म्यानमार र थाइल्यान्ड सदस्य रहेका छन्। 

Recent Comments

No comments to show.