एनआरएनएको विधान संशोधन, कुल आचार्य, रविना थापा र डा. बद्री केसी अध्यक्ष चयन

एनआरएनएको विधान संशोधन, कुल आचार्य, रविना थापा र डा. बद्री केसी अध्यक्ष चयन

Actpro

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को दसौँ विश्व सम्मेलनले विधान संशोधन गर्दै तीनजना अध्यक्ष रहने व्यवस्था गरेको छ ।

संघको विधानको धारा १७.२ र १७.१० को व्यवस्था हाललाई निष्क्रिय गरी कार्यसमितिको पद र संख्या निर्धारणसहित घोषणा गर्ने सम्पूर्ण अधिकार अध्यक्ष मण्डललाई प्रदान गर्ने निर्णयअनुसार अध्यक्ष मण्डलले यस्तो निर्णय गरेको हो ।

संघको वर्तमान परिस्थिती र अवस्थालाई मध्येनजर राख्दै संघको विधानको धारा १७.२ को अध्यक्ष पद देखि क्षेत्रीय युवा उपसंयोजक सम्मको पदहरू र धारा १७.१० लाई निष्क्रिय गरी संशोधित व्यवस्था लागु गरेको छ ।

 संशोधित व्यवस्था संघको यसपछिको (सन २०२३ को) कार्यसमितिको निर्वाचन प्रक्रिया अगाडिको समयसम्म मात्र लागु हुने बताइएको छ । त्यसपछि यो व्यवस्था स्वतः निष्क्रिय हुने व्यवस्था छ ।

नयाँ व्यवस्थाअनुसार अध्यक्ष –३, उपाध्यक्ष– ११, महासचिव–२, उप महासचिव–६, सचिव–१०, कोषाध्यक्ष–३, सह–कोषाध्यक्ष–८, महिला सह–कोषाध्यक्ष –३, प्रवक्ता –२, महिला संयोजक– २, युवा संयोजक–२, क्षेत्रीय संयोजक–२, क्षेत्रीय उपसंयोजक (युरोप क्षेत्र ७ र अन्य क्षेत्र ५) क्षेत्रिय महिला संयोजक– २, क्षेत्रीय युवा सयोजक– २, क्षेत्रीय महिला उपसंयोजक– २, क्षेत्रीय युवा उपसंयोजक–२ रहने व्यवस्था छ ।

<strong>कुल आचार्य, रविना थापा र डा. बद्री केसी  अध्यक्ष चयन</strong>

१०औँ विश्वसम्मेलन तथा महाधिवेशनले कुल आचार्य, रविना थापा र डा. बद्री केसीको अध्यक्षतामा सर्वसम्मतले नयाँ कार्यसमिति चयन गरेको छ ।

करिब ६ महिनादेखि चल्दै आएको विवाद का कारण दशौँ महाधिवेशन तथा निर्वाचन गर्न नसकिरहेको एनआरएनएले अन्ततः सहमति जुटाएर एकताको महाधिवेशन सम्पन्न गरेको हो ।

तिन अध्यक्षको व्यवस्था र केही पद थप गर्दै विधान संशोधन गरेर संघले नयाँ कार्यसमिति चयन गरेको हो । अर्को पटकलाई नजिर नबस्ने गरी बाँकी रहेको १८ महिने कार्यकालमा पहिलो अध्यक्षता तीनवटै अध्यक्षले गर्ने, त्यसपछिको ६ महिना आचार्य, ६ महिना थापा र समापनको अन्तिम ६ महिना केसीले अध्यक्षता गर्ने व्यवस्था गरिएको छ ।

अध्यक्षमा निर्वाचित तिनै जनालाई निवर्तमान अध्यक्ष कुमार पन्तले समापण समारोहमै पद तथा गोपनियताको सपथ खुवाएका थिए ।

नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा डा. हेमराज शर्मा, महेश श्रेष्ठ, भुषण घिमिरे, डिबी क्षेत्री, धर्मराज अधिकारी, दुर्गा आचार्य, गोविन्द श्रेष्ठ (रोविन्द),  जयप्रकाश गुरुङ, नारायण आचार्य, नरेन्द्र भाट र आरके शर्मा, यस्तै महिला उपाध्यक्षमा डा. विष्णुमाया परियार र याश्मिन वेगम तथा युवा उपाध्यक्षमा राज रेग्मी, रोशन थापा र हिमाल गुरुङ चयन भएका छन ।

यस्तै महासचिवमा गौरीराज जोशी र केशव पौडेल, उपमहासचिवमा गणेश केसी, डा. देवी बस्नेत, नारायण काफ्ले, ओम गुरुङ, रामशरण सिंखडा र विनय अधिकारी, सचिवमा चिरञ्जिीवि घिमिरे, गंगाधर गौतम, खगेन्द्र न्यौपाने, प्रविण गुरुङ, शंकर खडका, अभिमानसिंह बस्नेत, प्रमोद सिटौला, गोविन्द गौतम, होम पाण्डे र राजन त्रिपाठि तथा महिला सचिवमा डा. अलिलि पोखरेल र टिका गुरुङ चयन भए ।

कोषाध्यक्षमा सुनिल शाह, लोक दाहाल र फणिन्द्रमणि पोखरेल सहकोषाध्यक्षमा दिपक शर्मा, होम गौतम, कृष्ण तिमिल्सिना, लाल केसी र मिलन छन्त्याल, नारायण सुवेदी, टंक गैरे र यज्ञ सुवेदी चयन भए । यस्तै महिला सहकोषाध्यक्षमा अमृता थापा, यमुना भट्टराई र योगिता थापा चयन भएका छन् ।

यस्तै युवा संयोजकमा अब्दुल वासीद र रविन्द्र खडका तथा महिला संयोजकमा विमला सापकोटा र संगिता मरहठ्ठा चयन भए । प्रवक्तामा सोम सापकोटा र शिव बडुवाल चयन भएका छन ।

संशोधित विधानअनुसार अध्यक्ष ३, उपाध्यक्ष ११,महासचिव २,उपमहासचिव ६, सचिव १० जना हुने व्यवस्था गरिएको छ । त्यस्तै कोषाध्यक्ष ३, सह-कोषाध्यक्ष ८, महिला सहकोषाध्यक्ष-३, प्रवक्ता २ जना हुने व्यवस्था गरिएको छ ।

संसोधित विधानअनुसार महिला संयोजक २,युवा संयोजक २,क्षेत्रीय संयोजक २, क्षेत्रीय उपसंयोजक युरोप क्षेत्र ७ र अन्य क्षेत्र ५ को व्यवस्था गरिएको छ ।

क्षेत्रीय महिला संयोजकको संख्या बढाएर ३ जना, क्षेत्रीय युवा संयोजक २, क्षेत्रीय महिला उपसंयोजक २ र क्षेत्रीय युवा संयोजक २ जना हुने व्यवस्था गरिएको छ ।

Recent Comments

No comments to show.