राजस्व संकलन लक्ष्यअनुसार नै, ९ महिना ६ खर्ब ४८ अर्ब संकलन

राजस्व संकलन लक्ष्यअनुसार नै, ९ महिना ६ खर्ब ४८ अर्ब संकलन

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । चालू आर्थिक वर्षको पहिलो  ९ महिना १० दिनमा सरकारले राजस्व संकलनमा अपेक्षित लक्ष्य भेटाइरहेको छ ।

महालेखा नियन्त्रकको कार्यालयको तथ्यांकअनुसार साढे ९ महिनामा अवधिमा ६ खर्ब ४८ अर्ब रुपैयाँ राजस्व असुली भएको छ ।

चालू आर्थिक वर्षको यो अवधिमा कुल प्राप्ति लक्ष्यको ५९.७८ प्रतिशत हो ।

यस्तै गैरकर राजस्वबाट ५७ अर्ब ६८ करोड संकलन भएको छ। अन्य शीर्षकमा ३८ अर्ब २३ करोड प्राप्ति हुँदा अनुदान १३ अर्ब ८८ करोड संकलन भएको छ।

यस्तै चालु आर्थिक वर्ष २०७८/८९ को चैत पहिलो हप्तासम्म पूजीगत खर्च २२.७६ प्रतिशत भएको छ।

प्रतिस्थापन बजेट ल्याउनुपर्ने आवश्यकता र मध्य असोजपछि मात्र बजेट कार्यान्वयनमा आएको कारणले पुँजीगत खर्च अपेक्षाकृत हुन नसकेको हो ।

यस्तै चालु आर्थिक वर्षको चैत पहिलो हप्तासम्म चालु खर्च ४३ दशमलव ८८ प्रतिशत रहेकोमा वित्तीय खर्च ३१ दशमलव ९५ प्रतिशत रहेको छ ।

Recent Comments

No comments to show.