पछिल्लो २४ घण्टामा २३ जना कोरोना संक्रमित थपिए, दैनिक मृत्यु हुनेको संख्या शून्य

पछिल्लो २४ घण्टामा २३ जना कोरोना संक्रमित थपिए, दैनिक मृत्यु हुनेको संख्या शून्य

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा २३ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ७८० जनाको पीसीआर परीक्षण गर्दा १५ जना र १ हजार ४४२ जनाको एन्टिजेन परीक्षण गर्दा ८ गरी २३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख ७८ हजार ३३२ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा २१५ जना संक्रमण मुक्त भएका छन् । यो सहित संक्रमण मुक्त हुनेको संख्या ९ लाख ६४ हजार ८२३ पुगेको छ । संक्रिय संक्रमितको संख्या १ हजार ५५८ रहेको छ ।

पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या शून्य रहेको छ । नेपालमा कोरोना मृत्यु हुनेको संख्या ११ हजार ९५१ रहेको छ।

Recent Comments

No comments to show.