चिनियाँ विदेशमन्त्रीको आजको तालिका : राष्ट्रपतिपछि ओली र प्रचण्ड भेट्ने

चिनियाँ विदेशमन्त्रीको आजको तालिका : राष्ट्रपतिपछि ओली र प्रचण्ड भेट्ने

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । चिनियाँ विदेशमन्त्री वाङ यी नेपालको तीनदिने भ्रमणमा छन् । शुक्रबार काठमाडौं ओर्लिएका यी आइतबार पनि राजनीतिक भेटघाटमा व्यस्त रहनेछन् ।

यी आज राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ। प्रधानमन्त्री शेरबहादुर देउवालाई उनले शनिबार नै भेटिसकेका छन् ।

राष्ट्रपति भण्डारीलाई भेटेलगत्तै उनले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग ११ः१० र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग ११ः४५ मा भेट्ने तालिका छ । ओलीसँग भेटका लागि बिहान ११ः१० को समय तोकिएको छ ।

भेटमा बिआरआई, द्विपक्षीय हितलगायत विषयमा छलफल हुने बताइएको छ ।

Recent Comments

No comments to show.