चेल्सी एफए कपको सेमिफाइनलमा

चेल्सी एफए कपको सेमिफाइनलमा

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं  । मिडल्सबर्गलाई २-० ले हराउँदै प्रिमियर क्लब चेल्सी इएफएल एफए कपको सेमिफाइनलमा प्रवेश गरेको छ। शनिबार राति सम्पन्न एफए कपको पहिलो क्वार्टरफाइनल खेलमा जित निकाल्दै चेल्सी सेमिफाइनलमा प्रवेश गरेको हो।

चेल्सीलाई जित दिलाउन रोमेलु लुकाकू र हाकिमी जियाचले गोल गरे। लुकाकूले खेलको १५ औं मिनेटमा गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका हुन्। एक गोलले अघि रहेको अवस्थामा हाकिमी जियाचले ३१ औं मिनेटमा गोल गर्दै अग्रता दोब्बर बनाए।

जारी सिजनमा लुकाकूका यो १२ औं गोलसमेत हो। उनको गोलसँगै च्याम्पियनसिप क्लब बाहिरिएको हो।

यसअघि मिडल्सबर्गले बलियो टिम म्याचेस्टर युनाइटेडलाई हराउँदै प्रतियोगिताको अन्तिम आठमा स्थान बनाएको थियो। त्यसअघि उसले टोटेनहमलाई पनि हराएको थियो। तर सेमिफाइनलमा स्थान बनाउन भने सकेन।

क्वार्टरफाइनलका बाँकी तीन खेल आज हुँदैछन्। आजको पहिलो खेलमा क्रिस्टल प्यालेसले एभर्टनको सामना गर्नेछ भने साउथह्याम्टनले म्यानचेस्टर सिटीको सामना गर्नेछ। त्यस्तै, लिभरपुलले नट्टम फरेस्टको सामना गर्नुपर्ने छ।

Recent Comments

No comments to show.