अर्घाखाँचीमा उपमेयर कप क्रिकेट प्रतियोगिता सुरु

अर्घाखाँचीमा उपमेयर कप क्रिकेट प्रतियोगिता सुरु

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । तेस्रो उपमेयर कप क्रिकेट प्रतियोगिता जबाट जिल्ला सदरमुकाम सन्धिखर्कमा सुरु भएको छ । सन्धिखर्क नगरपालिका–१ मा रहेको टुँडिखेलमा सुरु भएको प्रतियोगिताको सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कमलप्रसाद भुसालले उद्घाटन गरेका हुन् ।

अर्घाखाँची क्रिकेट संघको व्यवस्थापन र सन्धिखर्क नगरपालिकाको आयोजनामा सुरु भएको प्रतियोगितामा नगरभित्रका सबै वडाका खेलाडीहरूको सहभागिता छ । प्रतियोगिताको उद्घाटन गर्दै नगरप्रमुख भुसालले खेलकुद क्षेत्रको विकास जहिले पनि आफ्नो प्राथमिकतामा परेको बताए ।

खेल क्षत्रले नै अन्तर्राष्ट्रियस्तरमा नेपालको नाम चिनाएको बताउँदै भुसालले आगामी दिनमा देशको नाम उँचो राख्न सक्नेगरि मेहनत गर्न आग्रह गरे। कार्यक्रममा नगर उपप्रमुख ठाकुर कुमार विकले आफुहरू जहिले पनि युवाहरूको साथमा रहेको बताउँदै दक्ष खेलाडी उत्पादन आफुहरूको प्राथमिकतामा रहेको बताए ।

कार्यक्रममा सन्धिखर्क नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण अर्याल, नेपाली कांग्रेसका नगर अध्यक्ष बाबुराम भुसाल, राष्ट्रिय जनमोर्चाका नगर अध्यक्ष कमलप्रसाद घिमिरे, जनता समाजवादीका नेता पुष्करनाथ आचार्य, अर्घाखाँची चेम्वर अफ कमर्सका प्रवक्ता हरिप्रसाद भुसाल लगायतले मन्तव्य राखे ।

तियोगितामा प्रथम हुनेले ४० हजार र द्वितीय हुनेले २५ हजार प्राप्त गर्ने  कार्यक्रमको व्यवस्थापन गरिरहेको अर्घाखाँची क्रिकेट संघका अध्यक्ष ऋषिकेश भट्टराईले जानकारी दिए । 

Recent Comments

No comments to show.