थपियो नयाँ आन्तरिक हवाई सेवा कम्पनी, शिवम् एयरलाइन्सले पायो उडान अनुमति

थपियो नयाँ आन्तरिक हवाई सेवा कम्पनी, शिवम् एयरलाइन्सले पायो उडान अनुमति

Actpro

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले निजी क्षेत्रको हवाई सेवा प्रदायक कम्पनी शिवम् एयरलाइन्सलाई उडान अनुमति दिएको छ ।

एक वर्षदेखि उडान इजाजतका लागि प्रक्रिया सुरु गरेको उक्त एयरलाइन्सले मन्त्रालयबाट आधिकारिक इजाजत पत्र पाएको मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेले जानकारी दिए ।

उनले भने, ‘शिवम् एयरलाइन्सले विकट गन्तव्य उडानका लागि मन्त्रालयबाट अनुमति पाएको छ, अब उसले पश्चिम क्षेत्रमा बेस राखेर नियमित उडान गर्न सक्नेछ ।’

मन्त्रालयबाट उडान अनुमति पाए पनि उक्त एयरलाइन्सले नेपाल नागरिक उड्डयन प्राधिकरणबाट लिनुपर्ने प्रक्रिया भने बाँकी रहेको छ । प्राधिकरणबाट उडानका लागि ५ चरणको प्रक्रिया पूरा भएसँगै १ वर्षभित्रै सेवा सुरु गर्ने योजना रहेको उक्त एयरलाइन्सका सञ्चालकमध्येका दिनेश आचार्यले बताए ।

उनले भने, ‘मन्त्रालयबाट आधिकारिक पत्र आएको छ, नागरिक उड्डयन प्राधिकरणबाट बाँकी प्रक्रिया पूरा गरी अबको एक वर्षभित्रै सेवा सञ्चालनमा ल्याउने योजना बनाएका छौँ ।’

हाल कम्पनीको चुक्ता पूँजी पर्यटन मन्त्रालयको कार्यविधिअनुसार रु १५ करोड रहेको बताइएको छ । कम्पनीले ट्विनअटर–४०० (डीएच ६४००) सिरिज र लेट फोर–टेनमध्ये कुनै एक किसिमको जहाजमार्फत सेवा सुरु गर्ने योजना बनाएको बताइएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणबाट उडान अनुमति पाएको दुई वर्षमा तीनवटा जहाज ल्याएर उडान सञ्चालन गर्ने योजना रहेको आचार्यले जानकारी दिए ।

Recent Comments

No comments to show.