काठमाडौं । नाबालिग गायिकालाई बलात्कार गरेको अभियोगमा पक्राउ परेका अभिनेता पल शाहलाई फेरि तनहुँको दमौली फर्काइएको छ।
शाहसँग इलाका प्रहरी कार्यालय गैँडाकोटले बयान सकेपछि तनहुँको दमौली फर्काइएको हो ।
पीडित गायिकाका आफन्तले सुरूमा दमौली र पछि नवलपुरमा पनि शाहविरूद्ध जाहेरी दिएका थिए।
नवलपुरमा जाहेरी परेपछि तनहुँको हिरासतमा रहेका शाहलाई गैँडाकोट झिकाएर नवलपुर प्रहरीले एक साता लगाएर बयान लिएको थियो ।
प्रहरी स्रोतकाअनुसार शाहले बयानमा अभियोग अस्वीकार गरेका छन्।
जिल्ला अदालतबाट पहिलो पाँच दिन र दोस्रोपटक १२ दिनको म्याद लिएर अनुसन्धान जारी छ। थपिएको १२ दिन पनि सकिँदैछ।
अनुसन्धान नसकिए प्रहरीले अझै एक साता न्यायिक हिरासतमा राख्न सक्छ। अनुसन्धान पूरा भएमा शाहलाई अदालतमा पेश गर्नेछ।
प्रतिक्रिया