निर्माण व्यवसायी महासंघको अध्यक्षमा रवी सिंह निर्वाचित, परिणाम मिश्रित

निर्माण व्यवसायी महासंघको अध्यक्षमा रवी सिंह निर्वाचित, परिणाम मिश्रित

Actpro

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं  ।  निर्माण व्यवसायी महासंघको अध्यक्षमा रवि सिंह निर्वाचित भएका छन्।

निकोलश पाण्डे र हुमनाथ कोइरालालाई पराजित गर्दै सिंह दोस्रो पटक अध्यक्ष बनेका हुन।  नयाँ कार्यसमितिमा मिश्रित परिणाम आएको छ ।

व्यावसायी रवि सिंह र निकोलश पाण्डेले प्यानल नै बनाएर प्रतिस्पर्धा गरेकोमा सिंह प्यानलबाट अध्यक्षसहित वरिष्ठ उपाध्यक्ष, महासचिव, सह-कोषाध्यक्ष, उपमहासचिव निर्वाचित भए ।

वरिष्ठ उपाध्यक्ष र महासचिव पनि सिंह प्यानलकै उम्मेदवार निर्वाचित भएका छन्। वरिष्ठ उपाध्यक्षमा आङदोर्जी लामा र महासचिवमा रोशन दाहाल निर्वाचित भएका हुन्।

उपाध्यक्षमा पाण्डे समूहको वर्चश्व देखिएको छ। एसोसिएट उपाध्यक्षमा रामजी पन्त, प्रदेश १ उपाध्यक्षमा मोहन प्रसाद अधिकारी, लुम्बिनी प्रदेश उपाध्यक्षमा टोप बहादुर रायमाझी निर्वाचित भएका छन्।

त्यस्तै बागमती प्रदेशबाट बालकृष्ण थापा र गण्डकी प्रदेश उपाध्यक्षमा खेम राज मल्ल निर्वाचित भएका छन्। निर्वाचित पाँचै जना उपाध्यक्ष पाण्डे प्यानलका हुन्।

अध्यक्ष
रवि सिंह

वरिष्ठ उपाध्यक्ष
आङ्दोर्जी लामा

उपाध्यक्षहरू
प्रदेश १
मोहनप्रसाद अधिकारी
मधेस प्रदेश
शम्भू ठाकुर
बागमती प्रदेश
बालकृष्ण थापा
लुम्बिनी प्रदेश
टोपबहादुर रायमाझी
कर्णाली प्रदेश
रत्नबहादुर खड्का
सुदुरपश्चिम प्रदेश
प्रकाश सेठी

महासचिव
रोशन दाहाल

उपमहासचिव नीतिगत
शिवहरी घिमिरे
उपमहासचिव आन्तरिक
नरहरि थपलिया

Recent Comments

No comments to show.