सरकारका सबै मन्त्रीले मृत्युपश्चात अंगदान गर्ने

सरकारका सबै मन्त्रीले मृत्युपश्चात अंगदान गर्ने

Actpro

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सरकारका सबै मन्त्रीले मृत्युपश्चात अंगदान गर्ने घोषणा गरेका छन्। बिहीबारको मन्त्रिपरिषद् बैठकमा सरकारका मन्त्रीहरुले मृत्यपश्चात आफ्नो शरीरको अंगदान गर्ने घोषणा गरेका हुन्।

स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाको प्रस्तावमा सबै मन्त्रीहरुले मृत्युपश्चात शरीरको अंगदान गर्ने घोषणा गरेका हुन्। मन्त्री खतिवडाले स्वास्थ्य सेवा दिवश २०७८ मा मृत्युपश्चात अंगदान गर्ने घोषणा गरेका थिए।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पेस गरेको ज्येष्ठ नागरिक अस्पताल स्थापनासम्बन्धी प्रस्ताव पनि मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको छ। स्वास्थ्य मन्त्रालयले सो अस्पताल निर्माणका लागि एक कार्यदल मार्फत् काम अघि बढाइएको जनाएको छ ।

Recent Comments

No comments to show.