मिर्गौला, कलेजो, मुटु लगायतका रोगको नियमित परिक्षण नि:शुल्क गर्ने सरकारको निर्णय

मिर्गौला, कलेजो, मुटु लगायतका रोगको नियमित परिक्षण नि:शुल्क गर्ने सरकारको निर्णय

Actpro

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं  ।  सरकारले मिर्गौला, कलेजो, मुटु लगायतका रोगको  नियमित परिक्षण निशुल्क गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्‌को बिहीबार बसेको बैठकले ५० वर्षभन्दा माथिको उमेर समूहका नागरिकको निस्शुल्क रुपमा मिर्गौला, कलेजो, मुटु लगायतका रोगहरुको परीक्षण गर्ने निर्णय गरेको हो।

 यस्तो परीक्षण वर्षमा १ पटक नि:शुल्क गरिने निर्णय भएको स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाको सचिवालयले जनाएको छ।

मृत्यु पश्चात आफ्नो शरीरको अंगदान घोषणा गरेका स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाको प्र्रस्तावमा  सरकारका सबै मन्त्रीहरुले पनि सोही निर्णय कार्यान्वयन गरेका स्वास्थ्यमन्त्रीका   प्रेस सल्लाहकार शन्तराम बिडारीले बताए ।  

स्वास्थ्य सेवा दिवश २०७८ को अवसर पारि  मन्त्री खतिवडाले यस्तो घोषणा गरेका विडारीले बताए ।  मन्त्रीलाई साथ दिँदै मुख्य सचिव शंकरदाश बैरागीले पनि अंगदान गर्ने घोषणा गरेका थिए

यस्तै मन्त्रीपरिषद बैठकले जेष्ठ नागरिक अस्पताल निर्माण गर्न स्वास्थ्य मन्त्रालयले राखेको प्रस्तावलाई  समेत स्वीकृत गरेको छ ।

सो अस्पताल निर्माणका लागि मन्त्रालयले एक कार्यदल मार्फत काम अघि बढाइसकेको छ ।

Recent Comments

No comments to show.