नेबिकोले सार्वजनिक गर्यो एकैसाथ ४ नयाँ उत्पादन

नेबिकोले सार्वजनिक गर्यो एकैसाथ ४ नयाँ उत्पादन

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपालको चर्चित बिस्कुट तथा कन्फेक्सनरी उत्पादक कम्पनी नेबिको प्रा.लि.ले सोमबार एक कार्यक्रम बीच ४ नयाँ उत्पादनहरू सार्वजनिक गरेको छ ।

सोमबार काठमाडौंको होटल एलफ्टमा आयोजना गरिएको एक विशेष कार्यक्रम बीच डि–फिफ्टी डाइजेष्टिभ’बिस्कुट, नाइस मिल्क कुकिज, कुरूमकुरूम चिउरा र साल्टेड पिनट्स सार्वजनिक गरेको हो ।

कम्पनीले सार्वजनिक गरेका नयाँ उत्पादनहरू स्वास्थ्यवर्द्धक रहेको कम्पनीले दाबी गरेको छ ।प्रडक्ट लन्च कार्यक्रमलाई सम्बोधन गर्दै कम्पनीका प्रमुख कार्यकारी अधिकृत केशव भट्टराईले नेबिको प्रतिको उपभोक्ताहरूको निरन्तरको विश्वास प्रति कृतज्ञता व्यक्त गर्नुभयो ।


आगलागीबाट भएको ठूलो क्षतिसँगै कम्पनी तत्काल सहज रूपमा उठ्न नसक्ने विश्वास विपरीत नेबिकोले केही महिना अवधिमा नै पुःन आफ्ना उत्पादनहरू बजारमा पस्किएर व्यावसायिक जगत्लाई नै चकित बनाएको छ । यसरी छोटो अवधिमा पुनः माथि उठ्न सक्नुमा हुनुमा कम्पनी प्रतिको कर्मचारीहरूको विश्वास र टिमवर्क नै मुख्य ऊर्जा रहेको कम्पनीका ब्राण्ड म्यानेजर अरूण पौड्याल बताउनुहुन्छ ।

सोमबारको कार्यक्रममा बोल्दै ब्राण्ड म्यानेजर पौड्यालले कम्पनीले निकट भविष्यमा नै चिज रिङ, डि–सेन्ट लगायतका करिब आधा दर्जन उत्पादनहरू बजारमा सार्वजनिक गर्न तयारी अवस्थामा रहेको समेत बताउनुभयो । साथै आफूहरूले विगत देखि सार्वजनिक गर्दै आएका अधिकांश उत्पादनहरू बजारमा लोकप्रिय रहेको बताउँदै बजार अवस्थालाई विचार गरेर नयाँ उत्पादन सार्वजनिक गरिने स्थितिले आफ्ना उत्पादनले निरन्तर रूपमा बजारमा लोकप्रियता पाउन सफल रहेको बताउनुभयो ।

कम्पनीका नेशनल सेल्स म्यानेजर प्रकाश कार्कीले नेबिकोका ग्लुकोज, कोकोनट, क्र्याकर, चोखोपाई, डाइजेष्टिभ लगायतका उत्पादनहरूको बजारमा राम्रो माग रहँदै आएको बताउँदै ग्राहकको सेवालाई लक्षित गरी सेवा प्रवाह गरेको कारण कम्पनी निरन्तर सफलता यात्रामा अघी बढिरहेको बताउनुभयो ।


स्मरण रहोस्, नेबिको वि.सं २०२० मा स्थापना भई बजारमा नेतृत्वदायी भू्मिकामा रहँदै आएको बिस्कुट तथा कन्फेक्सनरी प्रडक्ट उत्पादक कम्पनी हो । यस कम्पनीले ग्राहकहरूको चाहना बमोजिमका नयाँ–नयाँ उत्पादनहरू निरन्तर रूपमा बजारमा सार्वजनिक गरी बजार पहुँच विस्तार गर्दै आएको छ 


Recent Comments

No comments to show.