एसईई परीक्षा दिन तोकिएको उमेर हद हट्यो,१२ को लागि १४ वर्ष पुग्नुपर्ने

एसईई परीक्षा दिन तोकिएको उमेर हद हट्यो,१२ को लागि १४ वर्ष पुग्नुपर्ने

Actpro

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई)मा सहभागी हुन १४ वर्ष पुग्नुपर्ने प्रावधान हटेको छ ।

विद्यालय तहको अन्तिम परीक्षा १२ मा हुने भएकाले १० कक्षाको वार्षिक परीक्षामा उमेर हद कायम नहुने भएको हो ।

‘विद्यालय तहको अन्तिम परीक्षा १२ भएपछि कानुनी रूपमा १० मा उमेर नरहने शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ । यसमा राष्ट्रिय परीक्षा बोर्डले छिट्टै जानकारी गराउने छ ।

यसअघि विद्यालय तहको अन्तिम परीक्षा एसईई भएकाले कम्तिमा १४ वर्ष उमेर पूरा भएको हुनुपर्ने थियो ।  र अब १४ वर्ष पुगेका विद्यार्थी १२ को परीक्षामा सहभागी हुन पाउनेछन् ।

‘एसईईमा १४ वर्ष थियो त्यो स्वतः १२ कक्षामा सर्छ,’ उनले भने ।

Recent Comments

No comments to show.