काठमाडौं । भाइरल दोहोरी गीत ओई गनगनुको सफलतापछि गायक संगम थापा र गायिका प्रतिमा अर्यालको स्वर रहेको “सेतो सेतो कमेरो माटो” बोलको गित बजारमा आएको छ ।
बिशेषतस् सार्बजनिक हुनुपुर्ब टिकटकमा भाइरल बन्न सफल “सेतो सेतो कमेरो माटो” गीत केही दिन अघिमात्र सार्वजनिक भएको हो ।
सार्वजनिक गीतको शब्द तथा संगित स्वयम गायक संगम थापाले गरेका छन् ।
शुफिक्स मदनको लय तथा एरेन्ज रहेको उक्त गीतको भिडियोलाई अजुर्न मर्हजनको निर्देशन रहेको छ भने शरोज शाहीले छायांकन गरेका छन् । उक्त गीत प्रतिमा अर्याल अफिसियल युटुब च्यानलमा हर्ने सकिन्छ ।
प्रतिक्रिया