काठमाडौं । महाशिवरात्रिको अवसरमा लगाइएको मेलाका क्रममा झगडा हुँदा एक जनाको मृत्यु भएको छ।
पोखरा-२० मौजामा स्थानीय युवाले मेला आयोजना गरेका थिए। उक्त मेलामा मदिरा सेवन गरि गाउँकै युवाबीच झगडा भएको हो। झगडामा स्थानीय ३५ वर्षका चोकबहादुर गुरुङको हत्या भएको छ।
हत्या आरोपमा कास्की प्रहरीले निशान गुरुङ, प्रकाश गुरुङसहित तीन जनालाई पक्राउ गरेको छ। पीडित परिवारको किटानकै आधारमा उनीहरुलाई विभिन्न ठाउँबाट पक्राउ गरिएको कास्की प्रहरी प्रवक्ता डीएसपी सुन्दर तिवारीले जानकारी दिए।
प्रतिक्रिया