स्थानीय तह निर्वाचनका लागि दर्ता भएका दलको जाँचबुझ जारी, २६ गते अन्तिम नामावली

स्थानीय तह निर्वाचनका लागि दर्ता भएका दलको जाँचबुझ जारी, २६ गते अन्तिम नामावली

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  स्थानीय तह निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा दर्ता भएका राजनीतिक दलका बारेमा जाँचबुझ जारी रहेको छ । आगामी ३० वैशाखमा तय भएको निर्वाचनका लागि दर्ता भएका ८० दलका बारेमा आयोगले जाँचबुझ गरिरहेको हो ।

आयोगका सहसचिव एवम प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार आयोगमा दर्ता भएका राजनीतिक दलका बारेमा जाँचबुझ गरिसके पछि २६ फागुनमा अन्तिम नामावली प्रकाशन गरिनेछ ।

स्थानीय तह निर्वाचनका लागि अर्थ मन्त्रालयले ८ अर्ब ११ करोड बजेट सुनिश्चितता गरिसकेको उल्लेख गर्दै निर्वाचन आयोगले मतदाता नामावलीमा दाबी बिरोध गर्नका लागि आह्वानसमेत गरेको छ ।

Recent Comments

No comments to show.