पोखरा । प्रेस चौतारी नेपाल गण्डकी प्रदेश अध्यक्षमा इन्द्र पौडेल चयन भएका छन् । बिहीबारबाट पोखरामा सुरु भएको प्रदेश अधिवेशनले पौडेलको नेतृत्वमा कमिटी चयन गरेको हो ।
उपाध्यक्षमा उमाकान्त शर्मा र उपाध्यक्ष (महिला) रोशनी गुरुङ चयन भएका छन् । आश गुरुङ महासचिव बन्दा सचिवको जिम्मेवारी कमल सुवेदीले पाएका छन् । भविश्वर पाण्डे कोषाध्यक्षमा चयन भएका छन् ।
प्रतिक्रिया