महानगरपालिकाद्वारा भेन्टिलेटर सहयोग

महानगरपालिकाद्वारा भेन्टिलेटर सहयोग

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । काठमाडौं  महानगरपालिकाले सूर्यविनायक नगरपालिकालाई एक र कामपा वडा नं ६ मा सञ्चालित स्तुपा सामुदायिक अस्पताललाई २ वटा गरी तीन भेन्टिलेटर सहयोग गरेको छ ।

सूर्यविनायक नगरपालिकाले आवश्यकताका आधारमा उक्त भेन्टिलेटर उपयोग गर्नेछ । कामपासँग भगिनी सम्बन्ध स्थापना भएको तिब्बतको ल्हासा नगरले पाँच थान भेन्टिलेटर उपलब्ध गराएको थियो । तीमध्ये तीन भेन्टिलेटर अस्पताललाई हस्तान्तरण गरिएको हो ।

भेन्टिलेटर उपलब्ध गराएपछि प्रतिक्रिया दिँदै कामपाका प्रमुख विद्यासुन्दर शाक्यले काठमाडौंका सबै नगरसँग नगर–नगर साझेदारी कार्यक्रम गरेको बताए । पाँच प्रदेशका पाँच नगरपालिकासँग भगिनी सम्बन्ध स्थापना गरेर पार्क तथा हरियाली बढाउने योजनाका लागि १ करोड ५० लाखका दरले सहयोग गरिएको उनले जानकारी दिए ।

बुधबार आयोजना भएको कार्यक्रममा सूर्यविनायकका नगर प्रमुख वासुदेव थापाले नगर अस्पताललाई कामपाले भेन्टिलेटर उपलब्ध गराएपछि आकस्मिक सेवाका लागि सहज भएको प्रतिक्रिया दिए ।

यसअघि कोरोना महामारीको समयमा पनि कामपाले काठमाडौं उपत्यकाका विभिन्न १२ अस्पताललाई आवश्यक पर्ने स्वास्थ्य सामग्री सहयोग गरेको थियो ।   

Recent Comments

No comments to show.