धितोपत्र बोर्ड र नेप्सेका नवनियुक्त प्रमुखलाई अर्थमन्त्री शर्माको ११ बुँदे निर्देशन

धितोपत्र बोर्ड र नेप्सेका नवनियुक्त प्रमुखलाई अर्थमन्त्री शर्माको ११ बुँदे निर्देशन

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले सेटिङमा हुने शेयर कारोबार रोक्न अर्थमन्त्रीको निर्देशन दिएका छन् ।

बुधबार धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेञ्जका प्रमुखलाई राखेर गरिएको पत्रकार सम्मेलनमा अर्थमन्त्री शर्माले शेयर बजारमा सेटिङमा कारोबार हुने गरेको र त्यसलाई रोक्न निर्देशन दिएका हुन् ।

अर्थमन्त्रालयमा पूँजी बजारसम्बन्धी छलफल कार्यक्रमको आयोजना शर्माले कतैबाट प्रभावित नभई संस्था र लगानीकर्ताहरुको हितका लागि स्वतन्त्र रुपमा काम गर्न निर्देशन दिएका छन् ।

‘पूँजी बजारको विकासका लागि काम गर्नुस्, कतैको दबाबमा पर्‍यो भने संस्थाको काम हुँदैन,’ ‘पूँजी बजारको शिक्षा सहितको सुरक्षित कारोबार गर्न कस्ता नीति चाहिन्छ भन्नुस् ।’

साथै, शेयर बजारमा इन्साइडर ट्रेडिङ धेरै हुने गरेको समेत बताएका छन् । अन्य देशहरूमा आज किनेर आजै बिक्री गर्न सकिने प्रणाली रहेको बताउँदै नेपाली पूँजी बजारमा पनि सिस्टम लागू गर्नुपर्ने उनले बताए ।११ लाख सक्रिय लगानीकर्ता र ५० लाख बढी डिम्याट प्रयोगकर्ता बजारमा रहेको बताउँदै उनले लगानीकर्ताको हितका लागि पूँजी बजार विकास गर्नु आजको आवश्यकता रहेको बताए ।

पूँजीबजारलाई उत्पादनमुलुक र पूर्वाधारको क्षेत्रको लागि पूँजी जुटाउने थलोको रुपमा विकास गर्न निर्देशन समेत दिएका छन् ।

शर्माले पुँजीबजारमा राजनीति नगर्न पनि आग्रह गरे। ‘पुँजी बजारमा राजनीति गर्नुहुँदैन। यसलाई स्वचालित ढंगले चल्न दिनुपर्छ’, उनले भने, ‘फलानो मन्त्री यस्तो भयो भन्दै चलखेल गर्नु हुँदैन।’

मन्त्री शर्माले कार्यभार सम्हाल्नेबित्तिकै पुँजीबजारका समस्या हल गर्न प्राथमिकता दिएर काम गरेको स्मरण गराउँदै सुधारको कार्य थालनी गर्ने क्रममा धितोपत्र बोर्ड र नेप्सेमा नयाँ नेतृत्व चयन गरेको बताए। नयाँ नेतृत्वले मुलुकको पुँजी बजारलाई सुधार गरी नयाँ ठाउँमा पुर्याउने विश्वास उनले व्यक्त गरे।

अर्थमन्त्री शर्माले साना लगानीकर्ताको पुँजी बजारमा प्रवेश गराउने, अहिले कारोबार गरिरहेका साना लगानीकर्तालाई सुरक्षित गर्ने, ओटिसी बजारलाई प्राथमिकता दिने, नेप्से र धितोपत्र बोर्डबीच आसपसी तालमेल गर्ने, सेयर सूचीकरणमा आउन नसकेका कम्पनीलाई सहजीकरण गर्ने, ब्रोकरको क्षमता बढाउने, सफ्टवेयरको क्षमता विकास गर्ने, ‘टिएमएस’ बाट थप सेवा सुचारु गर्नेलगायतका निर्देशन दिए।

कार्यक्रममा अर्थसचिव मधुकुमार मरासिनीले नयाँ नेतृत्वले पुँजी बजारलाई सकारात्मक बाटोमा डोर्याउने विश्वास लिएको बताए।

राजस्व सचिव कृष्णहरी पुस्करले सेयर बजार धेरै सुधार हुँदै गएको र भएका कमीकमजोरीलाई अर्थ मन्त्रालयको निर्देशनमा पारदर्शी रूपमा सुधार्ने काम जारी रहेको बताए। उनले अन्तर्राष्ट्रिय बजारसँग पनि प्रतिस्पर्धी हुने गरी नेपालको सेयर बजारलाई अगाडी बढाउन निर्देशन दिए।

धितोपत्र बोर्डको नवनियुक्त अध्यक्ष रमेश हमालले वित्तीय साक्षरताका क्षेत्रमा धेरै काम गरेर सेयर लगानीकर्तालाई सुसूचित गर्ने बताए। उनले साक्षरताकै अभावमा लगानीकर्ताहरु हल्ला गर्ने वा हल्लाको पछि लाग्ने देखिएको बताए।

अर्थमन्त्री जनादर्न शर्माले दिएका मुख्य ११ निर्देशनहरू

१. कोभीड १९ को महामारीबीच पुँजीबजारलाई लगानीकर्तामैत्री बनाउने गरी नेपालको पुँजीबजारलाई कसरी अगाडी बढाउने भन्ने बिषयमा छिमेकी मुलुकहरू भारत, चीन, पाकिस्तान, बंगलादेश, अमेरिका, बेलायतमा कसरी पुँजीबजार संचालन भएको छ भन्ने अध्ययन गर्ने ।

२. पुँजीबजारबाट कसरी पुँजी निर्माण गर्न सक्छौं रु कसरी लगानीकर्तालाई उच्चतम प्रतिफल प्रदान गर्न सक्छौं र राष्ट्रिय महत्वका आयोजनाहरूमा आवश्यक लगानी कसरी व्यवस्था गर्न सक्छौं भनेर अध्ययन गर्नुपर्नेछ । ठूला पुर्वाधार, उत्पादन, पुँजी निर्माणका लागि पुँजी संकलन गर्ने व्यवस्था मिलाउने ।

३. २० कात्तिक ०७५ देखि नयाँ टिएमएस भित्रिएको छ । यसले केही सहजता ल्याएपनि अझै प्रयोगकर्तामैत्री छैन भन्ने गुनासो छ । यस्ता गुनासो समाधान गर्नुपर्नेछ ।

४. लगानीकर्ता समान स्तरका नहुने हुँदा साना कम्पनी, स्टार्टअप कम्पनीहरूलाई पनि पुँजीबजारमा प्रवेश गर्ने बाटो खुल्ला हुनुपर्छ । विशेषगरी एसएमई तथा ओटिसी बजारको विकास गरी भेन्चर क्यापिटलसमेतको आधारमा साना कम्पनीहरूको लागी आवश्यक बजारको विकास गर्नुपर्छ ।

५. सुचीकरणमा आउन नसकेका तथा आइपिओको लागि योग्य भइ नसकेको विभिन्न पब्लिक लिमिटेड कम्पनीहरूको सेयरलाई ओटिसी बजार विकास गरी कारोबार गर्ने व्यवस्था मिलाउने । आउँदा दिनमा इन्ट्रा डे कारोबार र सर्ट सेलिङ गर्न मिल्ने गरी प्रणालीको सुधार गर्ने ।

६. अटोमेसन अक्सन शुरु गर्ने । अक्सन बजार लिलामीबाट शुरुमा बिक्री हुन नसकेका सेयर र खरिद बिक्री हुन नसकेका कारोबारको देशभर सबै लगानीकर्ताले खरिद गर्न पाउने व्यवस्था मिलाउने ।

७. ब्रोकरलाई सक्षम बनाउन ‘सब–ब्रोकर’ मोडल तयार गर्ने । डेरिभेटिभ्स औजार बनाई कारोबार गर्ने । कमोटिभी एक्सचेन्ज सम्बन्धी ऐनलाई अगाडी बढाउने । यो ऐन बनेको ४ बर्ष भयो ।

८. अर्थतन्त्रको प्रतिनिधित्व गर्ने बैज्ञानिक तवरले निर्माण गरिएको नयाँ परिसूचक तयार गर्ने । भारतमा बम्बई स्टक एक्सचेन्ज, अमारिकाको डाउजोनस तथा नासडाक जस्ता परिसूचक निर्माण भएका छन् । त्यसबाट शिक्षा लिने । मार्केट क्यापका आधारमा लार्ज क्याप इण्डेक्स, मिड क्याप इण्डेक्स र स्मल क्याप इण्डेक्स बनाई बजार परिसूचकलाई थप व्यवस्थित गर्ने ।

९. उत्पादनमूलक धेरै कम्पनीहरू सेयर मार्केट भन्दा बाहिर रहेकाले सेयर बजारमा ल्याउन बुक बिल्डिङ प्रणाली लागू गर्ने । इण्डेक्स फण्ड तथा टे«डेट फाण्डको शुरुवात गर्ने ।

१०. ब्रोकरलाई मार्जिन ल्याण्डिङ दिने कुरा लागू गर्ने । ब्रोकर कम्पनी तथा मर्चेन्ट बैंकिङ संस्थाहरू मार्फत मार्जिन ल्याण्डिङ प्रकृया अगाडी बढाउने ।

११. सर्कुलर कारोबार, पम्प एड डम्प र इनसाइडर टे«डिङ रोक्ने । पुँजी बजार सम्बन्धी जनचेतना, पुँजी बजार साक्षरताको संचालन, तालिम केन्द्रको स्थापना गर्ने ।

Recent Comments

No comments to show.