चन्द्रागिरि हिल्सको कम्बो प्याकेज : १४९९ रुपैयाँ केबलकार, जिपलाइन र लञ्चसम्म

चन्द्रागिरि हिल्सको कम्बो प्याकेज : १४९९ रुपैयाँ केबलकार, जिपलाइन र लञ्चसम्म

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । चन्द्रागिरि हिल्सले आकर्षक कम्बो प्याकेज ल्याएको छ । कम्पनीले आन्तरिक पर्यटकलाई लक्षित गर्दै यस्तो प्याकेज ल्याएको छ ।

यस प्याकेज अनुसार १ हजार ४९९ रुपैयाँमा केबलकारको दुईतर्फी टिकट, जिपलाइन र टप स्टेशनमा लञ्च (सेटअप मेनु) उपलब्ध गराउने कम्पनीले जनाएको हो ।

यो प्याकेज नेपाली नागरिहहरुका लागि मात्र लागू हुने कम्पनीले जनाएको छ । कम्पनीले विभिन्न अवसरमा आकर्षक प्याकेज ल्याउँदै आएको छ ।

कम्पनीले ऐतिहासिक तथा पर्यटकीय स्थान काठमाडौंको चन्द्रागिरि डाँडालाई एकीकृत पर्यटकीय गन्तव्यको रुपमा विकास गरिरहेको छ ।

कम्पनीले उक्त स्थानमा भालेश्वर महादेव मन्दिर, सत्तल, भ्यू टावर, चिल्ड्रेन पार्क, सेमिनार हल, रिर्सोट, जिपलाइन, स्वी लगायत संचालन गरिरहेको छ ।

Recent Comments

No comments to show.