राप्रपा केन्द्रीय कार्यसमिति बैठक बुधबार

राप्रपा केन्द्रीय कार्यसमिति बैठक बुधबार

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यसमितिको बैठक बुधबार काठमाडौंमा बस्ने भएको छ । 

दुई दिनसम्म चल्ने बैठकमा समसामयिक राजनीतिक घटनाक्रम, देशभर सङ्गठन विस्तारको अवस्था, नेताहरूको व्यवस्थापनका साथै कार्य विभाजन, आसन्न स्थानीय तहको निर्वाचनमा कसरी पार्टीलाई सफल बनाउनेलगायत विषयमा छलफल गरिने महामन्त्री भुवन पाठकले जानकारी दिए । केन्द्रीय समिति बैठकअघि बुधबार नै पदाधिकारी बैठक पनि डाकिएको छ ।

स्थानीय निर्वाचन नजिकिएको सन्दर्भमा उम्मेदवार चयनमा पार्टी सक्रिय भएको, पाँच वटा प्रदेशमा प्रदेशस्तरीय विस्तारित बैठक सम्पन्न गरेको अवस्थामा राप्रपाले बैठकबाट आगामी रणनीति बनाउने अपेक्षा गरिएको छ ।

मंसिरमा सम्पन्न एकता अधिवेशनपछि केन्द्रीय समितिको दोस्रो बैठक बस्न लागेको हो । 

Recent Comments

No comments to show.