ब्याजदर बढाउँदा पनि बैंकमा आएन निक्षेप,कर्जा प्रवाह सुस्त

ब्याजदर बढाउँदा पनि बैंकमा आएन निक्षेप,कर्जा प्रवाह सुस्त

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । वाणिज्य बैंकहरुमा निक्षेप संकलन बढ्न थालेको छ ।

नेपाल बैंकर्स एसोसिएसनले सार्वजनिक गरेको तथ्यांक अनुसार बैंकहरूको फागुन पहिलो साताको तुलनामा दोस्रो सातामा निक्षेप संकलनमा सुधार आएको छ ।

माघ मसान्तमा वाणिज्य बैंकहरुको कुल निक्षेप ४३ खर्ब ११ अर्ब रहेकोमा फागुन दोस्रो शुक्रवारसम्म आउँदा २ अर्बले मात्रै बढेर ४३ खर्ब १३ अर्ब पुगेको छ ।

यही दुई सातामा कर्जा लगानी भने १० अर्बले विस्तार भएको छ ।

यस्तै, वाणिज्य बैंकहरुको कर्जा लगानी १० अर्बले बढेको छ । माघ महिनाको अन्तिमसम्म ४१ खर्ब ५५ अर्ब रुपैयाँ कर्जा लगानी गरेका बैंकहरुले ४१ खर्ब ६५ अर्ब रुपैयाँ कर्जा लगानी गरेका हुन् ।

बैंकहरुले फागुनको पहिलो सातामा ४१ खर्ब ५९ अर्ब रुपैयाँ कर्जा लगानी गरेका थिए । यस्तै, बैंकहरुको सीडी रेसियो ९०.८० प्रतिशत छ ।

चालु आर्थिक वर्षको साढे ७ महिनाको तथ्यांक हेर्ने हो भने वाणिज्य बैंकहरुले साढे ४ खर्ब कर्जा विस्तार गर्दा निक्षेप भने १ खर्ब मात्रै बढेको छ ।

२०७८ असार मसान्तमा ४२ खर्ब १ अर्ब रहेको वाणिज्य बैंकहरुको कुल निक्षेप २०७८ फागुन १३ गते आउँदा बढेर ४३ खर्ब १३ अर्ब पुगेको हो ।

Recent Comments

No comments to show.