काठमाडौं । नेपालभर इन्टरनेट सेवा विस्तार गरिरहेको डिशहोम फाइबरनेटले इनरुवामा सह–वितरण शोरुम संचालनमा ल्याएको छ ।
उक्त शोरुम शनिबारदेखि संचालनमा आएको हो । डिशहोम फाइबरनेट विक्री तथा विक्री पछिको सेवा प्रदान गर्न उक्त शोरुमको संचालन खुस्बु इन्टरप्राइजेजले गर्नेछ ।
उक्त शोरुमको समुद्घाटन, डिशहोमका तर्फबाट प्रबन्ध निर्देशक सुदीप आचार्य, क्षेत्रीय विक्री प्रबन्धक विपिन्द्र न्यौपाने, सेल्स अफिसर मनोज रिजालले संयुक्त रुपमा गरे ।
खुस्बु ईनटरप्राइजेजले विगत लामो समयदेखि डिश मिडिया नेटवर्कसंग सहकार्य गरी डिशहोमको डीटीएच सेवा, ग्राहकहरुमाझ पुर्याउँदै आएकोले अब डिशहोम फाइबरनेट विक्री र विक्रीपछिको सेवा पनि गर्नेछ ।
प्रतिक्रिया