अभिनेता पल शाह आफैं प्रहरीसमक्ष उपस्थित हुने

अभिनेता पल शाह आफैं प्रहरीसमक्ष उपस्थित हुने

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । १७ वर्षीय किशोरीमाथि बलात्कार गरेको भन्दै तनहुँ प्रहरीमा किटानी जाहेरी दर्ता भएपछि फरार रहँदै आएका अभिनेता पल शाहले प्रहरीसामु आफैं उपस्थित हुने घोषणा गरेका छन्।  

आइतबार सामाजिक सञ्जालमा स्टाटस लेख्दै उनले सो घोषणा गरेका हुन्।

आफ्नो स्वास्थ्य अवस्था बिग्रिएको र घरको सबै व्यवहार मिलाउनु परेकाले प्रहरीसामु उपस्थित हुन नसकेको भन्दै उनले माफीसमेत मागेका छन् ।

साथै आफ्नो फिल्म म यस्तो गीत गाउँछु २ गत शुक्रबारदेखि देशभरिका हलमा प्रदर्शन भएकाले फिल्मलाई असर नपरोस् भन्ने पक्षलाई ध्यानमा राखेको उनको भनाइ छ ।

‘नेपालको कानूनलाई सम्मान गर्दै प्रहरीसामु म आफैं आज उपस्थित हुने जानकारी सम्पूर्णमा दिन चाहन्छु,’ शाहले लेखेका छन्।

Recent Comments

No comments to show.