महाशिवरात्रिको तयारीका लागि पशुपति क्षेत्रमा सफाइ

महाशिवरात्रिको तयारीका लागि पशुपति क्षेत्रमा सफाइ

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काडमाडौं । महाशिवरात्रिको तयारीका लागि पशुपति क्षेत्रको वाग्मती किनार एवं सम्पदा क्षेत्रमा सफाइ गरिएको छ । पशुपति क्षेत्रको आर्यघाट, वाग्मती किनार एव हंसमण्डप वरपर सफाइ गरिएको हो ।

यही फागुन १७ गते महाशिवरात्रि पर्व परेको छ । वाग्मती सफाइ महाअभियानको ४५९औँ हप्तामा पशुपति क्षेत्रमा सफाइ गरी महाशिवरात्रिका लागि तयारी गरिएको अभियानकर्मी किशोरसिंह शाहीले जानकारी दिए । सफाइबाट सात मेट्रिकटन फोहर व्यवस्थापन गरिएको छ ।

सफाइमा प्रदेशसभा सदस्य केशव स्थापित, पूर्वमुख्य सचिव एवं अभियानकर्मी लीलामणि पौडेल, अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका अध्यक्ष उद्धवप्रसाद तिमिल्सिना, नायिका करिश्मा केसी मानन्धर, स्थानीय तहका जनप्रतिनिधिकाे सहभागिता थियाे ।

साथै, विभिन्न संघसंस्थाका प्रतिनिधि, काठमाडौं महानगरपालिका वातावरण विभागका कर्मचारी, पशुपति क्षेत्र विकास कोषका कर्मचारी, अधिकार सम्पन्न वाग्मती समितिका कर्मचारी र वागमती सफाइ अभियानकर्मीको सहभागी भएका थिए ।  

Recent Comments

No comments to show.