कोभिडविरुद्धको खोप किन्न नेपाललाई विश्व बैंकले २ अर्ब १४ करोड सहुलियतपूर्ण ऋण दिने

कोभिडविरुद्धको खोप किन्न नेपाललाई विश्व बैंकले २ अर्ब १४ करोड सहुलियतपूर्ण ऋण दिने

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं  । नेपाल सरकारले विश्व बैंकसँग २ अर्ब १४ करोड बराबरको सहुलियतपूर्ण ऋण सम्झौता गरेको छ। 

अर्थ मन्त्रालयमा शुक्रवार सरकारका तर्फबाट अर्थ सचिव मधुकुमार मरासिनी र बैंकका तर्फबाट नेपालसहित माल्दिभ्स र श्रीलंकाका लागि राष्ट्रिय निर्देशक फारिस हदाद–जर्भोसले सम्झौतामा हस्ताक्षर गरेका छन्। 

प्रस्तावित ऋण सहायताको उपयोगबाट नेपाल सरकारले लिएको कोभिड-१९ विरुद्धको सर्वव्यापी खोप अभियान विस्तारमा थप सहजता आउनेछ विश्वास लिइएको छ।  

सहायताबाट ५ वर्षभन्दा माथि उमेर समूहका लागि सुरक्षित र प्रभावकारी हुने खोप खरिदका लागि सहयोग पुग्नेछ। 

महामारीले सिर्जना गरेको निरन्तर बदलिंदो परिस्थितिहरूमा समेत नेपालले प्रभावकारी रूपमा प्रतिकार्य जारी राखेको र १२ बर्षभन्दा माथिका सम्पुर्ण नेपालीहरूका लागि कोभिड-१९ विरूद्धको शुरूवाती चरणको खोपका साथै बुस्टर डोज प्रदान गर्ने क्रममा नेपालले उल्लेखनीय उपलब्धि हासिल गरेको छ। 

सम्झौता पश्चात विशेष गरेर बालबालिकाहरूमा खोपको पहुँच विस्तार गर्ने नेपालको पहलमा थप टेवा प्रदान गर्ने अर्थ मन्त्रालयका सचिव  मरासिनीले बताए।

आयोजना तथा यसका अतिरिक्त वित्तपोषण अन्तर्गतका कार्यक्रमहरूको कार्यान्वयनलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नेतृत्वमा स्वास्थ्य सेवा बिभाग तथा सम्बद्ध संस्थागत निकायहरूद्वारा निरन्तरता दिईनेछ।

विश्व बैंकले नेपालसँगको साझेदारीलाई निरन्तरता दिदै यस अतिरिक्त वित्तपोषणमार्फत जनसंख्याको ठूलो हिस्सालाई सुरक्षित र प्रभावकारी खोप उपलब्ध गराउन लागेकोमा निर्देशक फारिसले खुसी व्यक्त गरे।

कोरोना भाइरसका नयाँ स्वरूपहरूले आम जनमानसको सुरक्षा र जीविकोपार्जनमा समस्या खडा गर्ने मात्र नभई सार्वजनिक स्वास्थ्य प्रणालीलाई उच्च भार सिर्जना समेत गर्ने सम्भावना रहेकोले पनि यो सहकार्य निकै  महत्वपूर्ण रहेको उनको भनाई छ।

प्रस्तावित थप सहुलियतपूर्ण ऋण सहायता र कोभिड-१९ आपतकालीन प्रतिकार्य तथा स्वास्थ्य प्रणाली पूर्वतयारी आयोजनाले कोभिड-१९ महामारीले निम्त्याएको खतराको पहिचान, रोकथाम तथा प्रतिकार्यका साथै नेपालको जनस्वास्थ्य पूर्वतयारी सम्बन्धी प्रणालीको सुदृढिकरण गर्ने साझा उद्देश्य राखेका छन्।

Recent Comments

No comments to show.