गायक चन्द्र विसीको ‘पानी धाराको’ सार्वजनिक (भिडियो सहित)

गायक चन्द्र विसीको ‘पानी धाराको’ सार्वजनिक (भिडियो सहित)

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  गायक चन्द्र विसीको स्वरमा सजिएको पानी धाराको’  बोलको गीत सार्वजनिक भएको छ । दिवान किनार अफिशियल युट्युब च्यानलमार्फत उक्त गीत बजारमा आएको हो । 

झिमझिम सानु ( लोकदोहोरी) माया एउटा सँग (आधुनिक तिमी कस्को हुने होला (आधुनिक) जस्ता धेरै  जीवन्त, अजर , अमर ऐतिहासिक र कालजयी गीतका स्रष्टा दिवान किनारूले आफू सानै छँदादेखि गाउँघरमा बेसरी गाउने  गरिएको  झ्याउरे गीतलाई पुनसंकलन र पुन सृजना गरि वास्तविक अग्रज स्रष्टाहरुलाई सम्मान गर्दै लोकगीत संगीतको मौलिकता र संस्कृतिको संरक्षण गर्ने हेतुले अहिलेको समयमा  फेरि पुनर्ताजगी गराउने प्रयास गरेको कुरा यो गीतको श्रव्य र दृश्य मार्फत् स्पष्ट पारेका छन्। 

दमौलीको एउटा परम्परागत घरमा दृश्यांकन गरिएको उक्त गीतमा लोकप्रिय गायिका शान्तिश्री परियार,चन्द्र विसी  र दिवान किनारको आवाज रहेको छ । 

गीतको भिडियोमा चर्चित टिकटक स्टारहरु सिरु थापा मगर , मनिसा मगर, पुष्पा मगर (काउली बुडी),रेशम परियार,विकास थापा, सृजना आले मगर, सबिता गर्जा मगर, देव आले, अभिषेक गुरुङ, सुकमान गुरुङ, नारन सिंजाली मगर, सबिता थापा मगर, कञ्चन गुरुङ, माया मगर्नी,  अञ्जली थापा मगर जमुना थापा मगर, चन्द्र विसी र दिवान किनारलाई फिचरिङ गरिएको छ ।

दिवान किनारले निर्देशन रहेको भिडियोमा सर्जन थापा मगरले कोरियोग्राफी गरेका छन् ।

भिडियोलाई विरेन्द्र परियारले छायाँकन गरेका हुन् भने  मनोज कार्कीले सम्पादन गरेका छन् ।

Recent Comments

No comments to show.