प्रधानमन्त्रीको आग्रहमा संसद बैठक भोलिसम्म स्थगित

प्रधानमन्त्रीको आग्रहमा संसद बैठक भोलिसम्म स्थगित

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सुरु हुन लागेको संसद् बैठक प्रधानमन्त्री शेरबहादुर देउवाकाे आग्रहमा स्थगित भएको ।

आज संसद्मा एमसिसीबारे बहसको विषय प्रवशे गर्ने कार्यक्रम थियो । प्रत्येक सांसदलाई पाँच मिनेट बोल्ने समय पनि दिइएको थियो ।

यद्यपि, प्रतिपक्षी एमालेको अवरोध जारी रहेको तथा एमसिसीबारे सहमति जुटाउने प्रयास भइरहेको भन्दै प्रधानमन्त्री देउवाले बैठक स्थगित गराउन आग्रह गरेका थिए । त्यसपछि सभामुख अग्निप्रसाद सापकोटाले आजको बैठक स्थगित गराएका हुन् ।

आज १ बजे बैठक बस्ने समय तोकिएको भए पनि एक घण्टा पछि बैठक स्थथित गर्ने निर्णय भएको हो ।

संसद्को अर्को बैठक शुक्रबार १.१५ बजे बस्ने संसद् सचिवालयले जनाएको छ ।

Recent Comments

No comments to show.